कमल थापाको विश्लेषण: एमाओवादी जडसूत्रवादी, काँग्रेस दिशाहीन, एमाले अवसरवादी

काठमाण्डु टुडे २०७१ जेठ ११ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानीमा जारी पहिलो महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा काँग्रेस, एमाले र एकीकृत Kamal-Thapa-Raprapa-Nepalमाओवादीप्रतिको आफ्नो धारणा उल्लेख गरेका छन् ।
थापाले आफ्नो ३९ पृष्ठ लमो प्रतिवेदनमा कांग्रेसलाई दिशाहीन राजनीतिक शक्तिका रुपमा औंल्याएका छन् । काँग्रेसको वर्तमान नेतृत्व पार्टी स्थापना हुँदाका चार मान्यताहरु संसदीय प्रजातन्त्र, राजसंस्थाको वैधानिक नायकत्व, समाजवाद र धार्मिक स्वतन्त्रताबाट विचलित भएको थापाको  भनाइ छ ।

काँग्रेसले बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति परित्याग गरेको आरोप थापाले लगाएका छन् । ‘संस्थापक नेता बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई कांग्रेसले पूर्णतया परित्याग गरिसकेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘सिद्धान्तबाट विचलित भएको कारणले कांग्रेस अहिले आन्तरिक विवादको भूमरीमा छ ।’

अध्यक्ष थापाले एमालेमाथि सबैभन्दा अवसरवादी र हचुवावादी शक्तिको आरोप लगाएका छन् । एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच द्वैध मानसिकाताका कारण द्वन्द्व बढेको उनको निष्कर्ष छ ।

एमाओवादी विचार र व्यवहारिक बाध्यताको मझधारमा रहेको र उ जडसुत्रवादी शक्ति भएको प्रतिवेदनमा छ । एमाओवादी परम्परागत संसदीय पार्टीमा बदलिने हो भने उसको पहिचान र सैद्धान्तिक आधार समाप्त हुने थापाको विश्लेषण छ । यस्तै मधेस केन्द्रित दलहरु सिद्धान्तबाट नभई पैसा, सत्ता र स्वार्थका लागि खुलेको आरोप उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us