
काठमाण्डु, ११ जेठ – काठमाडौंका प्रमुख एसएसपी रमेश खरेलले शनिवार सार्वजनिक रुपमा दिएको अभिब्यक्ति सम्बन्धमा छानविन गर्न उच्चस्तरीय समिति गठन भएको छ ।
डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।
एसएसपी खरेलले शनिवार एक कार्यक्रममा केही डीआइजीहरु पैसाको ब्रिफकेश बोकेर एआइजीमा बढुवा हुनका लागि नेता र मन्त्रीको घरमा धाइरहेको बताएका थिए ।
यसअघि पनि उनले निरन्तर यस्तै विवादस्पद बयान दिएको भन्दै हेडक्वार्टरले आइतबार छानविन समिति गठन गरेको हो । समितिले खरेलसँग स्पष्टीकरण लिने लगायतका अधिकार पाएको स्रोतले जनाएको छ ।