उदयपुर, १० जेठ– उदयपुरका तीन छुट्टाछुट्टै स्थानमा शनिबार परेको चट्याङ लागेर दुईको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । चट्याङ लागेर साउने गाविस–९ टोड्केका ३६ वर्षीय डम्बर मगर र भलायाडाँडा–३ का ६५ वर्षीय सन्तबहादुर राईको मृत्यु भएको हो । घरमै...
कञ्चनपुर, १० जेठ – सुईका माध्यमबाट लागुऔषधको प्रयोग गर्ने कञ्चनपुरका बाइस जना लागुऔषधकर्ताका मुत्यु भएको छ । लागुऔषध न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको फेद कञ्चनपुरका अनुसार आठ वर्षको अवधिमा बाइस जना लागुऔषधकर्ताको मुत्यु भएको हो । मुत्यु हुनेमा सबै कञ्चनपुरका स्थानीय बासिन्दा भएको फेद...
काठमाण्डु, १० जेठ– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संयुक्त सरकारका कारण काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको वर्तमान सरकारले आसातित रुपमा गर्न नसकेको बताएका छन् । गठन भएको सय दिनमा सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी भइरहेका बेला सिंहले संयुक्त सरकार चलाउनु परेका कारण...
काठमाण्डु, १० जेठ– आफ्नै काकाले घरमा आगो लगाउँदा जलेर गम्भीर घाइते भएका बाँके जैसपुर– १ का एक बालकको उपचरका क्रममा मृत्यु भएको छ । जलेु गम्भीर घाइते भएका रियाद अली नाउका १० महिनाका छोरा रिहानको शनिबार बिहान काठमाण्डुको कान्ति बाल अस्पतालमा उपचारका क्रममा ज्यान...
वीरगन्ज, १० जेठ– पर्सा प्रहरीले तस्करको सुन लुटेको आरोपमा एक प्रहरी अधिकृतलाई हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक जटाशङ्करप्रसाद गुप्तालाई लुटिएको दुई केजी सुनसहित वीरगन्जको रानीघाटबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताए । प्रहरी सहायक निरीक्षक...
काठमाण्डु, १० जेठ– राप्रपा नेपालको पहिलो महाधिवशेन शनिबारबाट राजधानीमा सुरु भएको छ । काठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महाधिवशेन उद्घाटन गरे । महाधिवेशन उदघाटन गर्दै अध्यक्ष थापाले आफूहरुको मुख्य उद्देश्य हिन्दू राष्ट्रसहितको राजतन्त्र कायम गर्नु रहेको बताए । उनले २०६२/०६३ मा जनआन्दोलनका...
सप्तरी, ९ जेठ– प्रचण्ड गर्मीका कारण यहाँ एक युवतीको मृत्यु भएको छ । चर्काे घाममा घाँस काट्न गएकी सप्तरी हरिहरपुर–६ की १६ वर्षीया सुष्मा यादवको मृत्यु भएको हो । चर्को घाममा घाँस काट्दै गर्दा उनी लडेर बेहोस भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा...
ललितपुर, ९ जेठ– नेकपा–माओवादीका सचिव नेत्रविक्रम भन्दले नेपाली काँग्रेसले सहमतिका नाममा माओवादी आन्दोलन कमजोर पारेको आरोप लगाएका छन् । क्रान्तिकारी ट्रेड युनियनले ललितपुरको कुपण्डोलमा गरेको कार्यक्रममा चन्दले काँग्रेसले सहमतिका नाममा माओवादी आन्दोलन धुजाधुजा पारेको बताए । शान्ति स्थापनाका नाममा माओवादी आन्दोलन सिध्याउने खेल भइरहेको...
काठमाण्डु, ९ जेठ– विराटनगरमा फैलिएको जण्डिस रोग पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । जण्डिसको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको राजधानीका अस्पतालले बताएका छन् । जण्डिस देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चित्सिकले बताएका छन् । टेकुस्थित...
काठमाण्डु, ९ जेठ– संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि न्यायपरिषदले सिफारिस प्रस्तावित न्यायाधीशहरुबारे सुनुवाई थालेको छ । समितिले शुक्रबार प्रस्तावित ८ मध्ये वैद्यनाथ उपाध्याय र गोपाल पराजुलीसँग उनीहरुविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको छ । संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका पराजुलीसँग सभासदले चारवटा...
झापा, ९ जेठ – सतासीधाम–५ स्थित सडकमा को.१ ख ३८०१ नम्वरको बसले मे.४ प ३०७८ नम्वरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक धरमपुर–५ बस्ने ४५ बर्षीय पदम शेर्मा गम्भीर घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र...
काठमाण्डु, ९ जेठ – नेकपा एमालेको स्थायी समितिको बैठक अहिले बसिरहेको छ । मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी असार ८ गतेका लागि घोषित उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको हो । एमालेले काठमाण्डु– २ मा केन्द्रीय सदस्य एवम् उपत्यका ईञ्चार्ज कृष्णगोपाल श्रेष्ठ,...