गर्मीका कारण युवतीको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १५:५४ मा प्रकाशित

सप्तरी, ९ जेठ– प्रचण्ड गर्मीका कारण यहाँ एक युवतीको मृत्यु भएको छ ।

चर्काे घाममा घाँस काट्न गएकी सप्तरी हरिहरपुर–६ की १६ वर्षीया सुष्मा यादवको मृत्यु भएको हो ।

चर्को घाममा घाँस काट्दै गर्दा उनी लडेर बेहोस भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लगिएको र बीचबाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा विगत केही दिनदेखि दिनमा ४२ डिग्रीसम्म तापक्रम रहने गरेको छ । अहिले गर्मीकै कारण अञ्चल अस्पतालमा झाडापखाला, ज्वरोलगायतका बिरामीको चाप बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us