काकाले घरमा आगो लगाउँदा जलेका बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १० गते ५:२८ मा प्रकाशित

काठमाण्डु, १० जेठ– आफ्नै काकाले घरमा आगो लगाउँदा जलेर गम्भीर घाइते भएका बाँके जैसपुर– १ का एक बालकको उपचरका क्रममा मृत्यु भएको छ ।
जलेु गम्भीर घाइते भएका रियाद अली नाउका १० महिनाका छोरा रिहानको शनिबार बिहान काठमाण्डुको कान्ति बाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

स्थानीय सद्धाम नाउने लेनदेन विवादमा जादुको घरमा रहेका सबैलाई घरको ढोका बन्द गरी गत मंगलबार घरमा आजगनी गरेका थिए । आगलागीमा जलेर गमभीर घाइते भएका रियाद पत्नी २२ वर्षीया चन्दा सलमानी, छोरी ५ वर्षीया मारिया र ३ वर्षीया रियाजुलको राजधानीमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सद्दामसहित आमा नुरजाह र बाबु मेराजलाई नियन्त्रणमा लिएको छ । पक्राउ परका सबैले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us