
झापा, ९ जेठ – सतासीधाम–५ स्थित सडकमा को.१ ख ३८०१ नम्वरको बसले मे.४ प ३०७८ नम्वरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक धरमपुर–५ बस्ने ४५ बर्षीय पदम शेर्मा गम्भीर घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु – शिवपुर–६ स्थित पूर्व पश्चिम राजमार्गमा “अनटेष्ट” लेखेको डोजरले सोही ठाउँ बस्ने ५७ बर्षीय पैदलयात्री बालुका पौडेललाई जेठ ८ गते १६ः१५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएकोमा संजिविनी मेडिकल चन्द्रौटामा उपचारकोक्रममा मृत्यु भएको छ । डोजर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट – थानापती–६ स्थित बजारमा काठमाडौँबाट छहरेतर्फ गइरहेको बा.३ ख ३५९ नम्वरको ट्रकमा लोड गरी ल्याएको पाइपले पैदलयात्री सोही ठाउँ बस्ने ८५ बर्षीय श्यामप्रसाद पाण्डेलाई जेठ ८ गते १५ः३० बजे चोट लाग्दा गम्भीर घाइते भएकोले उपचारको लागि हेल्पिङ ह्यान्ड अस्पताल चावहिल काठमाडौँ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।