एमालेले तोक्यो उपनिर्वाचनका उम्मेदवार

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १२:३० मा प्रकाशित

काठमाण्डु, ९ जेठ – नेकपा एमालेको स्थायी समितिको बैठक अहिले बसिरहेको छ ।

UML Logo originalमुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी असार ८ गतेका लागि घोषित उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको हो ।

एमालेले काठमाण्डु– २ मा केन्द्रीय सदस्य एवम् उपत्यका ईञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, चितवन–४ मा मुक्ति शर्मा, बर्दिया– १ मा श्याम ढकाल र कैलाली –६ मा महेश्वर पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । श्रेष्ठ यसअघि दुइवटै संविधानसभा निर्वाचनमा काठमाण्डु–९ बाट पराजित भएका थिए ।

यस्तै पाठक संविधानसभा निर्वाचनमा कैलाली– ६ बाटै काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग पराजित भएका थिए । उपनिर्वाचन हुन लागेका चारमध्ये संविधानसभा निर्वाचनमा काठमाण्डु–२ बाट वरिष्ठ नेता माधव नेपाल र बर्दिया– १ बाट उपाध्यक्ष बामदेव गौतमले जितेका थिए ।

उनीहरु दुई क्षेत्रबाट निर्वाचित भएका कारण ती क्षेत्र छाडेका हुन् । काँग्रेसले भने ती सबै क्षेत्रमा यसअघि नै उम्मेदवार बनाएको छ । एकीकृत माओवादीले भने उम्मेदवार चयन गर्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us