चट्याङले दुई र खोलाले बगाएर दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ १० गते ७:२१ मा प्रकाशित

उदयपुर, १० जेठ– उदयपुरका तीन छुट्टाछुट्टै स्थानमा शनिबार परेको चट्याङ लागेर दुईको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् ।
चट्याङ लागेर साउने गाविस–९ टोड्केका ३६ वर्षीय डम्बर मगर र भलायाडाँडा–३ का ६५ वर्षीय सन्तबहादुर राईको मृत्यु भएको हो । घरमै बसिरहेका बेला परेको चट्याङ लागेर उनीहरुको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै चट्याङ लागेर सोही मगरका बाबु ६७ वर्षीय चित्रमान र २२ छोरी वर्षीया सीता सामान्य घाइते भएका छन् । त्यसै गरी चट्याङका कारण खाँबु गाविसमा चारजना घाइते भएको प्रहरीले जनाएको छ । खाँबु–४ की ४१ वर्षीया रणलक्ष्मी श्रेष्ठ, उनकी छोरी १८ वर्षीया रेखा र छिमेकी ४० वर्षीय दिलनारायण श्रेष्ठ तथा ४५ वर्षीया चन्द्रमाया श्रेष्ठ घाइते प्रहरी उपरीक्षक अजय भट्टराईले बताए । घाइतेहरुको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच उदयपुरको कटारी नगरपालिका— २ मा शनिबारै खोलाले बगाएर आमाछोरीको मृत्यु भएको छ । वर्षातसँगै स्थानीय च्यांगा खोलामा बाढीले बगाएर स्थानीय ४० बर्षीया मनमाया राई र उनकी ८ बर्षीया छोरी अन्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बाबुराम पोखरेलले वताए । दुवै आमा छोरीलाई बर्षातसँगै बाढी आएको समयमा खोला तर्ने क्रममा बगाएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us