संयुक्त सरकारका कारण काम गर्न सकिएन: सिंह

काठमाण्डु टुडे २०७१ जेठ १० गते ५:३७ मा प्रकाशित

काठमाण्डु, १० जेठ– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संयुक्त सरकारका कारण काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको वर्तमान सरकारले prakash man singआसातित रुपमा गर्न नसकेको बताएका छन् ।
गठन भएको सय दिनमा सरकारले प्रभावकारी काम गर्न नसकेको टिप्पणी भइरहेका बेला सिंहले संयुक्त सरकार चलाउनु परेका कारण जनभावनाअनुसार काम हुन नसकेको दाबी गरेका हुन् । उनले संयुक्त सरकारका सीमा र बाध्यता बुझेर आलोचना गर्न भने ।

‘संयुक्त सरकार भएका कारण सोचेजति काम हुन नसकेको हो’, नेपाली काँग्रेस जोरपाजी इकाईले शनिबार गरेको कार्यक्रममा सिंहले भने, ‘सरकारको बाध्यता सबैले बुझिदिनुपर्छ ।’ उनले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन र ७२ वटा नगरपालिका घोषणा गर्नुलाई सरकारको सफलताका रुपमा अथ्र्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us