काठमाण्डुमा पनि जण्डिसको महामारी

काठमाण्डु टुडे २०७१ जेठ ९ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ९ जेठ– विराटनगरमा फैलिएको जण्डिस रोग पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ ।

जण्डिसको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको राजधानीका अस्पतालले बताएका छन् । जण्डिस देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चित्सिकले बताएका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा गीता शाक्यले ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीमा जण्डिसको लक्ष्यण देखिने गरेको बताइन ।  उनका नुसार दैनिक पााच छ जना जण्डिसका बिरामी फेला पर्ने गरेको छन् ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले काठमाण्डु उपत्यकामा पनि जण्डिसले विस्तारै ठूलो रूप लिन थालेको बताए ।

उनका अनुसार अनुसार पाटन, वीर, त्रिवि, शिक्षणलगायत अस्पतालमा जण्डिसका बिरामी अत्यधिक भेटिएका छन् । दूषित पानी, धुवााधुलो तथा सडेगलेका खानेकुरा खानाले शरीरमा जण्डिसले आक्रमण गर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

जन्डिसबाट आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका तथा दैनिक मजदुर गरेर खाने व्यक्ति बढी प्रभावित हुने गरेको पाइएको छ ।

बासी, काँचो र सडेगलेका खानेकुरा नखाने, उमालेको तथा प्रशोधित पानी पिउने तथा सडकमा खुला रूपमा बेच्न राखिएका खानेकुरा नखाने गर्नाले जण्डिसबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us