राप्रपा नेपालको बन्दशत्र जारी

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ३:४५ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– राप्रपा नेपालको राजधानीमा जारी प्रथम महाधिवेशन अन्तर्गत आजदेखि बन्दशत्र सुरु भएको छ ।
Rpp nepalकाठमाण्डुको कमदालीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दशत्रमा अध्यक्ष कमल थापाले भावी कार्ययोजना समेटिएको राजनीतिक प्रस्ताव र महामन्त्री चन्द्रबहादुर गुरुङको सांगठनिक कार्ययोजना पेश गर्ने केन्द्रीय सदस्य एवम् प्रचार प्रमुख मोहन श्रेष्ठले काठमाण्डु टुडेलाई जानकारी दिए ।
महाधिवेशनमा देशभरबाट २ हजार ९ प्रतिनिधि र करिब ६ सय जना पर्यवेक्षक सहभागी हुने राप्रपा नेपालले जनाएको छ । प्रतिनिधिहरुले समूहगत छलफलबाट दिएका सुझावलाई समेत समेटेर प्रतिवेदन पारित हुने श्रेष्ठले बताए ।

चार दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनको शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष थापाले उदघाटन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us