कोही सभासदले दिए न्यायाधीशलाई क्लिन चिट, कोही भन्छन्, अकुत सम्पत्ति कहाँ छ ?

काठमाण्डु टुडे २०७१ जेठ ११ गते ५:४९ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– संसदीय सुनुवाई विशेष समितिमा रहेका केही सभासदले प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रलाई ‘क्लिन चिट’ दिएका छन् ।
सबैभन्दा कम उजुरी परेको भन्दै गोपाल दहित, शिवजी यादव, टेकबहादुर बस्नेत लगायतले मिश्रलाई ‘क्लिन चिट’ दिएका हुन् ।

उनीहरुले प्रस्तावित अन्य न्यायाधीशको तुलनामा कम उजुरी परेको भन्दै ‘क्लिन चिट’ दिएका हुन् । तर एमाले सभासद अष्टलक्ष्मी शाक्य र एमाओवादी सभासद प्रभु साहले भने मिश्रले वकिलमार्फत घुस लिएर अकुत सम्पति कमाएकोबारे सोधेका थिए ।

‘तपाईंले वकिलमार्फत घूस लिएर अकुत सम्पत्ति कमाउनुभएको छ भन्नेछ’, साहले भने, ‘ घूस खाएर कमाएको पैसा कहाँ राख्नुभएको छ ?’ उनले उजुरी कम परेपनि मिश्रको न्याय सम्पादन राम्रो नभएको र परिवारिक सदस्यका नाममा बैङ्क खातामा अकुत सम्पत्ति रहेकाले खाता नम्बर सार्वजनिक गर्न आग्रह गरे । जवाफमा मिश्रले
आफूमाथि लागेका आरोप गलत भन्दै बैंक खाता लिएर बुझ्न भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us