काठमाण्डु, २० जेठ– गृहमन्त्री बामदेव गौतमप्रति आपत्तिजनक शब्द प्रयोग गर्दै फेसबुकमा टिप्पणी गरेको अभियोगमा पक्राउ परेका गृहमन्त्रालयका कर्मचारी राजु शाह रिहा भएका छन् । इलाका प्रशासन कार्यालय सिरहामा कार्यरत शाखा अधिकृत शाहले फेसबुकमा गृहमन्त्री वामदेव गौतमले डोरी नाघेर सडक पार गरेको तस्वीरमा टिप्पणी गर्दै...
सप्तरी, २० जेठ – कुनौली–राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको बरही वीरपुर चोकमा गएराति टेम्पु पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पोका चालक सप्तरी कोचाबखारी गाविस–५ लोखरमनिवासी ३२ वर्षीय दीपेन्द्र कामैत रहेको प्रहरीले जनाएको छ । कुनौलीबाट राजविराजतर्फ आउँदै गरेको स १ ह २५...
काठमाण्डु, २० जेठ– एमाले संसदीय नेता केपी शर्मा ओली झण्डै एक महिना थाइल्याण्डको बैंककमा उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले नेपाली जनताले आफ्नो स्वास्थ्यप्रति उदारता र सदभाव देखाएको भन्दै त्यसका लागि धन्यवाद दिए । ‘नेपाली...
काठमाण्डु, २० जेठ – प्रहरी प्रशासनले छुवाछूतसम्बन्धी घटनाका मुद्दा दर्ता गर्न आनाकानी गर्ने गरेको भन्दै दलित अगुवाले गुनासो गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन अभियान (१२ दिने) अन्तर्गत समता फाउन्डेसन, जागरण मिडिया सेन्टर, दलित गैरसरकारी संस्था महासङ्घ र दलित नागरिक समाजलगायत सङ्घसंस्थाले...
काठमाण्डु, २० जेठ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातजना डिआईजी बढुवामा भएको आर्थिक चलखेलको छानबिन हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उनले यस्तो माग राखेका हुन् । मंगलबार प्रधानमन्त्री कोइरालासँग उनले वरीयता मिचेर एआइजीको बढुवा किन गरेको भन्ने...
चितवन, २० जेठ – चितवनको माडीमा एक बालकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी १० वर्षका बालक सुदीप महतोले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । माडीको बघौडा–४ का स्थानीय जितेन्द्र महतोका छोरा सुदीपले आत्महत्या गरेको प्रहरीले आज जानकारी दिएको...
काठमाण्डु, २० जेठ – कार दुर्घटनामा परी भारतका केन्द्रीय ग्रामिण विकास मन्त्री गोपीनाथ मुन्डेको मृत्यु भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता रहेका मुन्डेकाे मुम्बईका लागि प्लेन चढ्न जाने क्रममा लोधी एस्टेटस्थित सफदरजङ अस्पताल नजिकै उनी सवार कारलाईअर्को गाडीले ठक्कर दिँदा ज्यान गएको...
हेटौँडा, २० जेठ – सिरहाबाट काठमाण्डुतर्फ आइरहेको ना४ख ६८४६ नं को रात्रिबस पूर्वपश्चिम राजमार्गको मकवानपुरको सिमानानजिक अमलेखगन्जमा गए राति अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने धनुषा जिल्लाको धारापानी गाविस–९ बस्ने २५ वर्षीय विनोद ठाकुर रहेको जिल्ला...
काठमाण्डु, २० जेठ– प्रधानमन्त्री सुशील कोइरालालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई व्यवस्थापिका–संसदको अवरोध हटाइदिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान भएको छलफलमा कोइरालाले संसद् अवरोध खुलाएर सहयोग गर्न आग्रह गरेका हुन् । जवाफमा प्रचण्डले प्रमुख दलबीच भएको चार बुँदे...
काठमाण्डु, २० जेठ – संविधानसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा तत्कालिन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद्हरूले बोल्नेक्रम जारी रहनेछ । सो प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिव ४ सय...
चितवन, २० जेठ – असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदान हुने भएपछि दलहरुले चुनाव प्रचारप्रसारसँगै मतदाता शिक्षालाई पनि तीव्र पारेका छन् । यसअघि भएका चुनावभन्दा फरक शैलीबाट मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनसँगै दलहरुले पनि मतदाता शिक्षालाई बढी जोड दिएका...
जाजरकोट, २० जेठ – जाजरकोटमा प्रजनन उमेर पुगेका आधा महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेको सर्वेक्षणले देखाएको छ । जाजरकोटका आठवटा गाविसमा बहुआयामिक अध्ययन तथा विकास मञ्चले गरेको सर्वेक्षणमा पाठेघर खसेकामध्ये २० वर्षमुनिका किशोरीको सङ्ख्या कुल सङ्ख्याको आधा भएको पाइएको छ । त्यस्तै...