दुर्घटनामा भारतीय मन्त्रीको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २० गते ४:५२ मा प्रकाशित

mundeकाठमाण्डु, २० जेठ – कार दुर्घटनामा परी भारतका केन्द्रीय ग्रामिण विकास मन्त्री गोपीनाथ मुन्डेको मृत्यु भएको छ।
सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता रहेका मुन्डेकाे मुम्बईका लागि प्लेन चढ्न जाने क्रममा लोधी एस्‍टेटस्थित सफदरजङ अस्‍पताल नजिकै उनी सवार कारलाईअर्को गाडीले ठक्कर दिँदा ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
केन्द्रीय स्वास्थ्यमन्त्री  हर्षवर्धनले मन्त्री मुन्डेको मृत्युको पुष्टी गरेका छन्।
भरतीय जनता पार्टीका पूर्व अध्यक्ष एवं केन्द्रीय मन्त्री नितिन गडकरीले मुन्डेको मंगलबार बिहान निधन भएको बताएका छन्।
यसैबीच मुंडे को निधनले मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै महाराष्‍ट्रसहित भारतभर शोक बनाइरहेका छन्।
राष्‍ट्रपति प्रणब मुखर्जी तथा प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मृत्युले भारतको एक असल राजनीति व्यक्ति गुमाएको बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us