बस दुर्घटनामा एककाे मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २० गते ३:५२ मा प्रकाशित

हेटौँडा, २० जेठ – सिरहाबाट काठमाण्डुतर्फ आइरहेको ना४ख ६८४६ नं को रात्रिबस पूर्वपश्चिम राजमार्गको मकवानपुरको सिमानानजिक अमलेखगन्जमा गए राति अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने धनुषा जिल्लाको धारापानी गाविस–९ बस्ने २५ वर्षीय विनोद ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते १५ जनामध्ये नौ जना चितवन भरतपुर अस्पतालमा र ६ जनालाई काठमाडौँतर्फ उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us