टेम्पो पल्टिँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २० गते ९:२० मा प्रकाशित

सप्तरी, २० जेठ – कुनौली–राजविराज सडकखण्ड अन्तर्गत सप्तरीको बरही वीरपुर चोकमा गएराति टेम्पु पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टेम्पोका चालक सप्तरी कोचाबखारी गाविस–५ लोखरमनिवासी ३२ वर्षीय दीपेन्द्र कामैत रहेको प्रहरीले जनाएको छ ।

कुनौलीबाट राजविराजतर्फ आउँदै गरेको स १ ह २५ नम्बरको टेम्पो बरही चोकमा पल्टिएर चालक कामैतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

दुर्घटनामा परी टेम्पोमा सवार राजविराज नगरपालिका–१ निवासी ३५ वर्षीया पुनमकुमारी साह सहित दुईजना घाइते भएका छन् ।

घाइते दुवैको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us