किशोरी अवस्थामै पाठेघर खस्न थाल्यो

काठमाण्डु टुडे २०७१ जेठ २० गते २:०९ मा प्रकाशित

जाजरकोट, २० जेठ – जाजरकोटमा प्रजनन उमेर पुगेका आधा महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेको सर्वेक्षणले देखाएको छ । जाजरकोटका आठवटा गाविसमा बहुआयामिक अध्ययन तथा विकास मञ्चले गरेको सर्वेक्षणमा पाठेघर खसेकामध्ये २० वर्षमुनिका किशोरीको सङ्ख्या कुल सङ्ख्याको आधा भएको पाइएको छ ।

त्यस्तै सर्वेक्षणले ४८ प्रतिशत महिलामा यो समस्या भएको देखाएको छ । एक हजार २०० महिलामा गरिएको सर्वेक्षणमा ५७७ जनामा पाठेघर खस्ने समस्या देखिएको संस्थाका अध्यक्ष रामविक्रम शाहले जानकारी दिए । त्यसमध्ये २० वर्षमुनिका २२५ किशोरी छन् ।

‘कतिपय अविवाहित किशोरीको समेत पाठेघर खसेको छ’अध्यक्ष शाहले भने । पोषणयुतm खानाको अभाव, गाह्रो भारी बोक्नुपर्ने, अत्यधिक श्रम, गर्भवती र सुत्केरी अवस्थामा हेरचाह नहुनु, सानै उमेरमा विवाह, असुरक्षित यौनसम्पर्कजस्ता कारणले पाठेघर खस्ने गरेको स्वास्थ्यकर्मी बताउछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us