राज्यशक्ति बाँडफाँडमा धारणा राख्न ४ सय सभासदले नाम टिपाए

काठमाण्डु टुडे २०७१ जेठ २० गते ३:१५ मा प्रकाशित

ca houseकाठमाण्डु, २० जेठ – संविधानसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा तत्कालिन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएको सहमति र असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन २०७१ मा सभासद्हरूले बोल्नेक्रम जारी रहनेछ ।

सो प्रतिवेदनमा आफ्नो धारणा राख्नका लागि करिव ४ सय सभासदहरुले नामावली टिपाएका छन् भने अहिलेसम्म सय जनाजतिले मात्र धारणा राखेका छन् ।

बाँकी सदस्यहरुले आज पनि आफ्नो धारणा राख्ने भएका छन् ।

संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले प्रस्तुत गरेको सो प्रतिवेदन एवम् सोसँग सम्बन्धित पुरक प्रतिवेदनमाथि एकीकृतरुपमा बैठकमा सभासद्हरूले बोल्ने क्रम विहीबारदेखि सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us