समाचार

मिसावटी मह बेच्ने दुई पक्राउ

२०७१ जेठ २१ गते ८:००

भद्रपुर, २१ जेठ – शुद्ध मह भनेर मिसावट भएको मह बेच्ने कार्यमा संलग्न शनिश्चरे–७ नयाँ बसपार्कबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको भासी गाविस–५ बस्ने १८ वर्षीय पिन्टु धामी र सोही ठाउँका २३ वर्षीय राजेश यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय...

महोत्तरी सदरमुकाम बन्द

२०७१ जेठ २१ गते ७:२१

महोत्तरी, २१ जेठ – आज बिहानैदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनगर बन्दका कारण सुनसान बनेको छ । प्रहरीले व्यापारीमाथि ज्यादती गरेको आरोप लगाउँदै जलेश्वर उद्योग वाणिज्य सङ्घले आमहड्ताल आह्वान गरेको हो । सङ्घको आमहड्तालले जलेश्वरनगरभित्रका सबै शैक्षिक संस्था,व्यापारिक प्रतिष्ठान,पसल र यातायात पूर्णरुपले बन्द भएका छन्...

शैक्षिकसत्र सुरु भएको डेढ महिनामा विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

२०७१ जेठ २१ गते ७:०६

जाजरकोट, २१ जेठ – शैक्षिकसत्र सुरु भएको डेढ महिना पुगी सकेपनि जाजरकोटका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक नपुग्दा पठनपाठनमा समेत समस्या परेको छ । निम्नमाध्यामिक र माध्यामिक तहका सबैजसो कक्षामा सबै विषयका पुस्तकको अभाव भए पनि सबैभन्दा बढी कक्षा ७ मा पुस्तकको...

चट्याङ लागेर एकको मृत्यु

२०७१ जेठ २१ गते ६:२६

मोरङ, २१ जेठ– बुुधवार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर मोरङ पानीट्याङ्कीका एक जनाको मृत्यु भएको छ । बिहान खेतमा काम गरिरहेको अवस्थामा करिब ८ बजेतिर वर्षासँगै परेको चट्याङ लाग्दा नोचा–९ का ४० वर्षीय दयालाल शाहको मृत्यु भएको हो । चट्याङबाट गम्भीर घाइते भएका...

विद्यार्थी नभएपछि विद्यालय बन्द

२०७१ जेठ २१ गते ४:४६

बागलुङ, २१ जेठ – विद्यार्थी नै नभएपछि यहाँको एक प्राथमिक विद्यालय बन्द भएको छ । हरिचौर गाविस–९ सेतीबेसीमा रहेको देउराली प्राथमिक विद्यालय मङ्गलबारदेखि बन्द भएको हो । नयाँ शैक्षिकसत्र विसं २०७१ मा भर्ना भएका सात विद्यार्थी छिमेकी विद्यालयमा गएपछि विद्यालय बन्द भएकोे प्रधानाध्यापक विन्दु...

संविधानसभाको गेटमा भेटिएको बम डिस्पोज

२०७१ जेठ २१ गते ४:०९

काठमाण्डु, २१ जेठ –संविधानसभा भवन नयाँ बानेश्वरको ३ नम्बर गेट नजिकै फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गराएको छ । बमसँगै दलित मुक्ति फोर्सको पर्चा भेटिएको छ । विहानै राखेको बम दुई पटक गरी डिस्पोज गरिएको थियो । पहिलोपटक गरेको डिस्पोज पूर्ण सफल...

अवरुद्ध संसद खुलाउन प्रधानमन्त्रीले बिपक्ष दलसँग छलफल गर्दै

२०७१ जेठ २१ गते ३:५८

काठमाण्डु, २१ जेठ – प्रधानमन्त्री सुशील कोईरालाले अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न आजपनि बिपक्षी दलका शीर्ष नेताहरु छलफल गर्ने तयारी गरेका छन् । मंगलबार भएको प्रमुखदलका शिर्ष नेताहरुसंगको छलफल निकर्षमा पुग्न नसकेपछि आजपनि छलफल गर्न लागेका हुन् । शीर्ष नेताहरुसंगको छलफल दिउसो ३ बजे...

तराईका आठ जिल्लामा शिक्षाको केन्द्रीय टोली खटियाे

२०७१ जेठ २१ गते १:४०

काठमाण्डु २१ जेठ –शिक्षा मन्त्रालयले शैक्षिक सुशासनका दृष्टिले तराईका बढी विवादग्रस्त मानिने विभिन्न आठ जिल्लामा तत्काल गर्नुपर्ने सुधारका लागि अनुगमन गर्न केन्द्रीयस्तरको टोली खटाएको छ । मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको केन्द्रीय निकायका प्रमुख र सबै सहसचिवहरुबीचको बैठकले सहसचिव डिल्ली रिमालको नेतृत्वमा केन्द्रीय...

चालिस करोड जरिवाना नलिई पुनरावेदन

२०७१ जेठ २१ गते १:३१

राजविराज, २१ जेठ – दुई वर्ष कैदसहित ४० करोड जरिवानाको फैसला भएको एक मुद्दामा पुनरावेदन अदालत राजविराजले कैद र जरिवाना नअसुली अभियुक्तको पुनरावेदन निवेदन दर्ता गरेको छ । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दुई वर्ष कैद र रु ४० करोड जरिवाना भर्नुपर्ने सजाय पाएका नापी...

एमालेले उपनिर्वाचनका कमाण्डर तोक्यो

२०७१ जेठ २० गते १३:५२

काठमाण्डु, २० जेठ– नेकपा एमाले आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि चारवटै निार्वचन क्षेत्रमा केन्द्रीय नेताहरुको टोली परिचालन गर्ने भएको छ । एमालेले सबै क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरुको टोली खटाउन लागेको हो । केन्द्रीय समितिको जारी बैठकले उपनिर्वाचनमा परिचालन गर्ने...

घुस लिँदालिँदै रंगे हात फेला परेका इन्जिनियर देवकोटाविरुद्ध मुद्दा दायर

२०७१ जेठ २० गते ११:०५

काठमाण्डु, २० जेठ–  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रंगे हात पक्राउ परेका इन्जिनियर शालिकराम देवकोटाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । देवकोटा  काठमाडौंका जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर हुन् ।, त्यस्तै काठमाडौंका  नायव सुब्बा रुकु खत्री र मतियार  काभ्रेका  रेशमबहादुर तामाङविरुद्ध...

सदनमा प्रतिपक्षको प्रश्न, ‘अर्थमन्त्री एउटा क्षेत्रका हुन् कि देशका ?’

२०७१ जेठ २० गते १०:२३

काठमाण्डु, २० जेठ–एकीकृत माओवादीसहित प्रतिपक्षी दलको अवरोधका कारण व्यवस्थापिका–संसदको मंगलबारको बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । प्रतिपक्षी दलहरुले गत ९ पुसमा दलहरुबीच भएको चार बुँदे सहमति कार्यान्वयन र आर्थिक वर्षको अन्त्यमा सरकारले रकमान्तर गरी अनियमित ढंगले अरबौं रकम बाँडेको विषयमा सदनलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us