घुस लिँदालिँदै रंगे हात फेला परेका इन्जिनियर देवकोटाविरुद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०७१ जेठ २० गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २० जेठ–  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा रंगे हात पक्राउ परेका इन्जिनियर शालिकराम देवकोटाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

देवकोटा  काठमाडौंका जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर हुन् ।, त्यस्तै काठमाडौंका  नायव सुब्बा रुकु खत्री र मतियार  काभ्रेका  रेशमबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
ब्रदर्स निर्माण सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजतपत्र दिने क्रममा इन्जिनियर देवकोटाले एक लाख घूस लिएको खुलेको छ  ।

देवकोटालार्इ अख्तियारको टोलीले रंगेहात पक्राउ गरी हिरासतमा राखेको थियो ।

उनलार्इ भ्रष्टाचार निवारण ऐन, ऐनको दफा ३ को उपदफा १ तथा ३ को खण्ड ग बमोजिम सजाय हुन माग गरिएको अख्तियारले जानकारी गराएको छ ।
अख्तियारले नायव सुब्बा खत्रीलाई ऐनको दफा ३ को उपदफा १ तथा दफा ३ को खण्ड क बमोजिम र मतियार तामाङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम हदैसम्मको सजायको मागदाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us