मिसावटी मह बेच्ने दुई पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ८:०० मा प्रकाशित

भद्रपुर, २१ जेठ – शुद्ध मह भनेर मिसावट भएको मह बेच्ने कार्यमा संलग्न शनिश्चरे–७ नयाँ बसपार्कबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी जिल्लाको भासी गाविस–५ बस्ने १८ वर्षीय पिन्टु धामी र सोही ठाउँका २३ वर्षीय राजेश यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।

आफूहरुले बढी आर्थिक मुनाफा गर्ने उद्देश्यले अन्य तरल पदार्थ मिसावट गरी शुद्ध मह भनेर बेच्ने गरेको उनीहरुले स्वीकार गरेकोले दुवै जनामाथि आवश्यक कारबाही  थालिएको प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us