चट्याङ लागेर एकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ६:२६ मा प्रकाशित

मोरङ, २१ जेठ– बुुधवार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर मोरङ पानीट्याङ्कीका एक जनाको मृत्यु भएको छ ।

बिहान खेतमा काम गरिरहेको अवस्थामा करिब ८ बजेतिर वर्षासँगै परेको चट्याङ लाग्दा नोचा–९ का ४० वर्षीय दयालाल शाहको मृत्यु भएको हो ।

चट्याङबाट गम्भीर घाइते भएका शाहलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us