
काठमाण्डु, २१ जेठ – प्रधानमन्त्री सुशील कोईरालाले अवरुद्ध व्यवस्थापिका संसद सुचारु गर्न आजपनि बिपक्षी दलका शीर्ष नेताहरु छलफल गर्ने तयारी गरेका छन् ।
मंगलबार भएको प्रमुखदलका शिर्ष नेताहरुसंगको छलफल निकर्षमा पुग्न नसकेपछि आजपनि छलफल गर्न लागेका हुन् । शीर्ष नेताहरुसंगको छलफल दिउसो ३ बजे पछि संबिधानसभा भवन नयां बानेश्वर हुने बताईएको छ ।
यसअघि भएको वार्तामा प्याकेजमा समाधान गर्ने विषयमा छलफल भएको थियो । नेकपा एमालेले उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने विषयमा पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले एक दिनको समय मागेको थियो ।
आजको छलफललले निष्कर्ष निकाल्ने कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बताए ।