
काठमाण्डु, २१ जेठ –संविधानसभा भवन नयाँ बानेश्वरको ३ नम्बर गेट नजिकै फेला परेको कुकर बम नेपाली सेनाले डिस्पोज गराएको छ ।
बमसँगै दलित मुक्ति फोर्सको पर्चा भेटिएको छ । विहानै राखेको बम दुई पटक गरी डिस्पोज गरिएको थियो ।
पहिलोपटक गरेको डिस्पोज पूर्ण सफल नभएपछि दोस्रोपटक पुनः डिस्पोज गर्नुपरेको थियो । कुकर बम भए पनि शक्तिशाली र विस्फोटक नभएको प्रहरी उपरीक्षक नारायणसिँह खड्काले जानकारी दिए ।
डिस्पोज गराइएका सामग्री नेपाली सेनाले अनुसन्धानका लागि लगेको छ । फेला परेको पर्चाका बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ ।