एमालेले उपनिर्वाचनका कमाण्डर तोक्यो

काठमाण्डु टुडे २०७१ जेठ २० गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २० जेठ– नेकपा एमाले आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि चारवटै निार्वचन क्षेत्रमा केन्द्रीय नेताहरुको टोली परिचालन गर्ने भएको छ ।
uml officeएमालेले सबै क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरुको टोली खटाउन लागेको हो ।

केन्द्रीय समितिको जारी बैठकले उपनिर्वाचनमा परिचालन गर्ने नेताहरुको टुंगो लगाएको छ । जसअनुसार काठमाण्डु–२ मा सचिव शंकर पोखरेल, चितवन–४ मा काशीनाथ अधिकारी, बर्दिया–१ मा युवराज ज्ञवाली र कैलाली–६ मा भानुभक्त जोशीलाई संयोजक तोकिएको छ ।

चितवन–४ काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, काठमाण्डु–२ एमाले  वरिष्ठ नेता माधवकुमार नेपाल, बर्दिया–१ एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र कैलाली–६ काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले छोडेका क्षेत्र हुन् । ती क्षेत्रमा आगामी असार ८ गते उपनिर्वाचन हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us