समाचार

दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

२०७१ जेठ २० गते १:५१

काठमाण्डु, २० जेठ – प्युठानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भारतीय तीर्थयात्री बोकेको लु १ ख ३८०३ नम्बरको बस हिजो दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । १२ जनाको घट्नास्थलमै र ६ जनाको प्यूठान जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै...

जातीय आधारमा राज्य पुनर्सरचना गर्न नहुनेमा जोड

२०७१ जेठ १९ गते १४:४०

काठमाण्डु, १९ जेठ–  संविधानसभामा सोमबार पनि अघिल्लो संविधानसभाको राज्य पुनसंर्रचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि छलफल भएको छ । छलफलमा सहभागी अधिकांश सभासदले राष्ट्रिय एकता कमजोर हुने गरी पुर्नसंर्रचना गर्न नहुनेमा जोड दिएका छन् । काँग्रेस सभासद अर्जुननरसिंह केसीले राष्ट्रिय एकता र सामाजिक...

कैदी फरार प्रकरण: असईसहित तीन प्रहरी निलम्बित

२०७१ जेठ १९ गते १४:१३

रौतहट, १९ जेठ– रौतहट जिल्ला कारागारबाट कैदी फरार प्रकरणमा लापरबाही गरेको भन्दै तीन प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय गौरले एक प्रहरी सहायक निरीक्षकसहित तीन जनालाई सोमबार निलम्बन गरेको हो । निलम्बन हुनेमा कारागार सुरक्षा प्रमुख सहायक निरीक्षक शंकर कार्की, प्रहरी हवल्दार...

एमाओवादीले कार्यविभाजनको टुंगो लगायो

२०७१ जेठ १९ गते १३:४९

काठमाण्डु, १९ जेठ– एकीकृत नेकपा माओवादीले नेताहरुको कार्यविभाजन गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाएको हो । यसअघि शनिबारको बैठकमा महासचिव कृष्णबहादुर महराले कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । एमाओवादीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समग्र...

रमेश खरेललाई पहिलेकै जिम्मेवारी दिनु : निर्वाचन आयोग

२०७१ जेठ १९ गते १३:१५

काठमाण्डु, १९ जेठ – निर्वाचन आयोगले काठमाण्डु प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेललाई अहिले तोकिएकै जिम्मेवारी दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । संचार माध्यममार्फत खरेललाई कारबाही गरिएको भन्ने समाचार सार्वजनिक भएको भन्दै आयोगले खरेललाई यथास्थानमा राखी तोकिएको जिम्मेवारी पुरा गर्ने वातावरण मिलाउन...

विद्युत प्राधिकरणद्वारा लोडसेडिङ कटौती, सातामा ५५ घण्टा लोडसेडिङ

२०७१ जेठ १९ गते १३:०९

काठमाण्डु,  १९ जेठ– नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै लोडसेडिङ सातामा साढे ५५ घण्टामा झार्ने जनाएको हो । यसअघि सातमा ७० घन्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिकाअनुसार अब सातामा ३ दिन...

प्यूठानमा भारतीय तीर्थयात्रु बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

२०७१ जेठ १९ गते १२:५३

काठमाण्डु, १९ जेठ – (अपडेट) प्यूठानको स्वर्गद्वारीबाट तीर्थयात्रु लिएर फर्कदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा उद्दारकार्य चलिरहेको र अहिलेसम्म ८ जनाको शव भेटिएको स्थानीय बासिन्दाले बताएका छन् । पश्चिम नेपाल यातायातको लु १ ख ३८०३ नम्बरको बस दुर्घटना...

प्रहरीकै संलग्नतामा महिला बलात्कृत, बलात्कृत महिलाले जन्माइन् बच्चा

२०७१ जेठ १९ गते १२:३४

काठमाण्डु, १९ जेठ– लेवलानमा ३ वर्ष काम गरेर स्वदेश फर्केकी पहाडीपुर–२ कैलालीकी गीता चौधरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीको मिलेमतोमा बलात्करपछि लुटिएकी छन् । २०६७ मा वैदेशिक रोजगारीका लागि लेवनान पुगी तीन वर्षपछि २०७० जेठ १५ गते स्वदेश फर्केकी उनी गंगबुस्थित मेलिना गेष्ट हाउसमा बस्ने...

सर्वोच्चद्वारा लामाको पुनर्बहाली

२०७१ जेठ १९ गते १२:१३

काठमाण्डु, १९ जेठ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई पुनर्वहाली गरेको छ । सर्वोच्चले अर्को आदेश नभएसम्मका लागि लामालाई बहाली गर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामासहित राखेपका सात पदाधिकारीलाई अवधि सकिएको भन्दै बर्खास्ती गरेका...

अवैध शिशु हत्याको आरोपमा पक्राउ

२०७१ जेठ १९ गते ११:४७

सोलुखुम्बु,१९ जेठ – अवैध सम्बन्धबाट गर्भ बोकी जन्मएको बच्चालाई मारेको अभियोगमा तिङ्ला–७ बस्ने २८ बर्षीया बिना भुजेललाई प्रहरीले पक्राउ गरेको छ । निजका श्रीमान रोजगारको सिलसिलामा बिगत डेढ बर्षदेखि बिदेशमा रहेको अवस्थामा निजले अवैध सम्बन्धबाट गर्भ बोकी छोरी शिशु जन्माई हत्या गरी घर नजिकै...

अख्तियारद्धारा आरोपपत्र दर्ता

२०७१ जेठ १९ गते ११:०५

काठमाण्डु, १९ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाका ११ सामुदायिक वन उपभोक्ता समूहले आफूखुसी वन पैदावारको बिक्रीवितरण गरी अख्तियारको दुरुपयोग गरेको भन्दै विशेष अदालतमा सोमबार आरोपपत्र दर्ता गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार वन पैदावारको आफूखुसी बिक्री वितरण गरी करिब...

तालाबन्दीले ११ र १२ को रिजल्ट ढिला हुने

२०७१ जेठ १९ गते ९:३९

काठमाण्डु, १९ जेठ – उच्च माध्यामिक शिक्षक एसोसिएसन, नेपाल (हिष्टान) द्वारा विभिन्न मागसहित उच्च माध्यमिक शिक्षा परिषद्को उत्तरपुस्तिका परीक्षण शाखामा गरेको तालाबन्दीका कारण उत्तरपुस्तिका परीक्षण कार्य प्रभावित भएको छ । विभिन्न ११ बुँदे मागसहित गत शुक्रबारदेखि हिष्टानले उत्तरपुस्तिका परीक्षण शाखामा तालाबन्दी गरेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us