जातीय आधारमा राज्य पुनर्सरचना गर्न नहुनेमा जोड

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १४:४० मा प्रकाशित

काठमाण्डु, १९ जेठ–  संविधानसभामा सोमबार पनि अघिल्लो संविधानसभाको राज्य पुनसंर्रचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि छलफल भएको छ ।
ca
छलफलमा सहभागी अधिकांश सभासदले राष्ट्रिय एकता कमजोर हुने गरी पुर्नसंर्रचना गर्न नहुनेमा जोड दिएका छन् ।
काँग्रेस सभासद अर्जुननरसिंह केसीले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्ने गरी पुर्नसंरचना गर्नुपर्ने बताए । उनले आग्रह पूर्वाग्रहका आधारमा राज्य पुनसंर्रचना गरिए दिगो हुन नसक्ने बताए । एमाले सभासद् रवीन्द्र अधिकारीले जातीय पहिचानका आधारमा संघीयता हुनै नसक्ने बताए ।

सबै जाति, क्षेत्र र समुदायको समान अधिकार हुने गरी राज्य पुनसंरचना गर्नुपर्ने बताए । एमालेकै अष्टलक्ष्मी शाक्यले भौगोलिक बनावटका आधारमा पहिचान र सामाथ्र्यका आधारमा बढीमा सात प्रदेश बनाउनुपर्ने बताइन् ।

एकीकृत माओवादी सभासद् प्रभु साहले आत्मनिर्णयको अधिकार आवश्यक रहेको बताए । नेमकिपाका नारायणमान विजुक्छेले जाति, धर्म र भषाका आधारमा प्रदेश निर्धारण गरिए दिगो नहुने उल्लेख गरे । उनले जातीय मात्र नभई आर्थिक समानता पनि हुनुपर्ने स्पष्ट गरे । संघीय समाजवादी पार्टीका  अशोक राईले सबैको पहिचान र अस्तित्वको सम्मान हुने गरी राज्य पुनर्संरचना हुनुपर्ने बताए । बैठक मंगलबार बिहान ११ बजे फेरि बस्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us