अवैध शिशु हत्याको आरोपमा पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १९ गते ११:४७ मा प्रकाशित

सोलुखुम्बु,१९ जेठ – अवैध सम्बन्धबाट गर्भ बोकी जन्मएको बच्चालाई मारेको अभियोगमा तिङ्ला–७ बस्ने २८ बर्षीया बिना भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजका श्रीमान रोजगारको सिलसिलामा बिगत डेढ बर्षदेखि बिदेशमा रहेको अवस्थामा निजले अवैध सम्बन्धबाट गर्भ बोकी छोरी शिशु जन्माई हत्या गरी घर नजिकै खाल्डो खनी गाडेको भन्ने खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us