
रौतहट, १९ जेठ– रौतहट जिल्ला कारागारबाट कैदी फरार प्रकरणमा लापरबाही गरेको भन्दै तीन प्रहरी निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गौरले एक प्रहरी सहायक निरीक्षकसहित तीन जनालाई सोमबार निलम्बन गरेको हो ।
निलम्बन हुनेमा कारागार सुरक्षा प्रमुख सहायक निरीक्षक शंकर कार्की, प्रहरी हवल्दार गणेश श्रेष्ठ र जवान गौरीशंकर साह छन् । उनीहरु सबैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको नायव उपरीक्षक भीम ढकालले जानकारी दिए ।
उपचारका लागि अस्पताल लैजाने क्रममा शनिबार गौर कारागारबाट कैदी भारतीय नागरिक मोहम्मद जावेद र नवीनकुमार यादव फरार भएका थिए ।