सर्वोच्चद्वारा लामाको पुनर्बहाली

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई पुनर्वहाली गरेको छ ।
yubaraj lamaसर्वोच्चले अर्को आदेश नभएसम्मका लागि लामालाई बहाली गर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले लामासहित राखेपका सात पदाधिकारीलाई अवधि सकिएको भन्दै बर्खास्ती गरेका थिए । आफूलाई बर्खास्त गर्ने मन्त्रीको निर्णय कानुनविपरीत भन्दै लामा अदालत गएका थिए । अदालतले विपक्षीलाई आगामी जेठ २६ गते अदालतमा बोलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us