प्रहरीकै संलग्नतामा महिला बलात्कृत, बलात्कृत महिलाले जन्माइन् बच्चा

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– लेवलानमा ३ वर्ष काम गरेर स्वदेश फर्केकी पहाडीपुर–२ कैलालीकी गीता चौधरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीको मिलेमतोमा बलात्करपछि लुटिएकी छन् ।
rape२०६७ मा वैदेशिक रोजगारीका लागि लेवनान पुगी तीन वर्षपछि २०७० जेठ १५ गते स्वदेश फर्केकी उनी गंगबुस्थित मेलिना गेष्ट हाउसमा बस्ने क्रममा चाउचाउमा नशालु पदार्थ खुवाएर बलात्कारपछि ११ हजार ६ सय लेबनानी डलर र सामान सबै लुटिएकी हुन् ।
सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले  एयरपोर्टमा उत्रेपछि आफूले एक जना प्रहरीलाई काडमाण्डुमा बस्ने ठाउँ नभएको बताएको र उनले लगिदिएको होटलमा प्रहरीकै मिलेमतोमा बलात्कृत भएको बताइन् ।

आफू लुटिएको राति १२ बजेपछि थाहा पाएको र लगत्तै गेष्ट हाउस सञ्चालक रोम प्रधान र प्रहरीमा हारगुहार गरे पनि सहयोग नपाएको बताइन् । बलात्कृत भएकै बेला भर्ग बोकेकी उनको हाल दुई महिनाकी छोरी छन् ।

‘बलात्कृत भएपछि गर्भ तुहाउन पैसा नभएर सकिन’, उनले भनिन्, ‘ अहिले मेरो दुई महिनाको बच्ची छ, बच्चा जन्मेको घर परिवारलाई थाहा छैन ।’ उनले आफू श्रीमान र घर परिवारमा कसरी मुख देखाउने भन्ने समस्यामा रहेको बताइन् ।

उनले आफूमाथि गृष्ट हाउस सञ्चालक रोम प्रधान, हरि चौलागााई, अर्जुन लिम्बु र हिम्मत प्रधानले बलात्कार गरेको र सामान पनि उनीहरुले नै लुटेको जानकारी दिइन् ।
आफ्नो मोवाइल, पासपोर्ट, क्यामरा तथा सुनका गरगहना लुटिएको उनको भनाइ छ ।

पीडित चौधरीले घट्नाबारे विस्तृत अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर दोषीहरुलाई कारबाही गर्न माग गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us