दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाण्डु टुडे २०७१ जेठ २० गते १:५१ मा प्रकाशित

काठमाण्डु, २० जेठ – प्युठानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । भारतीय तीर्थयात्री बोकेको लु १ ख ३८०३ नम्बरको बस हिजो दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । १२ जनाको घट्नास्थलमै र ६ जनाको प्यूठान जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै ज्यान गएको प्रहरीले जनाएको छ । स्वर्गद्वारी दर्शन गरेर भीमग्रीबाट कृष्णनगर जाँदै गरेका भारतीय तीर्थयात्री बोकेको बस गोठीबांगको लामाचौरमा सडकबाट एक सय मिटर तल खसेको प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए । घाइतेमध्ये २४ जनाको प्यूठानमा उपचार भैरहेको छ भने १९ जनालाई बुटवल पठाइएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । तीर्थयात्री भारतको उत्तरप्रदेशको बहराईच, गोण्डा र बलरामपुरका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us