विद्युत प्राधिकरणद्वारा लोडसेडिङ कटौती, सातामा ५५ घण्टा लोडसेडिङ

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १३:०९ मा प्रकाशित

काठमाण्डु,  १९ जेठ– नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी लोडसेडिङ घटाउने भएको छ ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै लोडसेडिङ सातामा साढे ५५ घण्टामा झार्ने जनाएको हो ।

यसअघि सातमा ७० घन्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिकाअनुसार अब सातामा ३ दिन ८ घण्टा, ३ दिन साढे ७ घण्टा र एक दिन ९ घण्टाका दरले लोडसेडिङ हुने छ । नदीहरुमा पानीको मात्रा बढेसँगै विद्युत उत्पादन बढेकाले लोडसेडिङ घटाइएको प्राधिकरणको भार सम्प्रेषण केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us