समाचार

आपूर्तिमन्त्रीको टोली कुन्मिङ सम्मेलनमा भाग लिन प्रस्थान

२०७१ जेठ २२ गते १:५८

काठमाण्डु २२ जेठ – वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय टोली दोस्रो चाइना साउथ एसिया प्रदर्शनी तथा २२ औँ आयात–निर्यात वस्तु मेला, कुन्मिङ सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको छ । यही जेठ २३ देखि २७ गते सम्म हुन सम्मेलनमा टोलीले दुई...

एसएलसी नतिजा असार पहिलो साता

२०७१ जेठ २१ गते १६:००

काठमाण्डु, २१ जेठ– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असार पहिलो साताभित्र गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असार पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीव्र ्ररुपमा अघि बढेको बताए...

काँग्रेस सभापतिका हत्या आरोपीलाई सर्वश्वसहित जन्मकैद

२०७१ जेठ २१ गते १५:४६

राजविराज, २१ जेठ– सप्तरीको सारस्वर गाविस–६ निवासी नेपाली काँग्रेस गाउँ समितिका सभापति ५० वर्षीय इन्द्रनारायण यादवको हत्याका आरोपितलाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको इजलाशले गोली प्रहार गरी हत्या गरेको ठहर गर्दै मधेसी जनअधिकार फोरमका क्षेत्रीय सदस्य सारस्वर गाविस–५...

अर्थमन्त्री भन्छन्, ‘काँग्रेस कार्यकर्ताको दबाबमा रकमान्तर गरेको हुँ’

२०७१ जेठ २१ गते १५:४२

काठमाण्डु, २१ जेठ – अर्थमन्त्री रामशरण महतले आफ्नो पार्टी नेपाली काँग्रेसका कार्यकर्ताको दबाबमा रकमान्तर गरेर रकम निकाशा गरेको गरेको खुलासा गरेका छन् । बुधबार राति बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले कार्यकर्ताको दबाबमा रकमान्तर गरिएको खुलाए । ‘आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर खर्च गर्ने...

ओलीद्वारा टेलिफोनमै गुटगत भेलालाई सम्बोधन

२०७१ जेठ २१ गते १४:४८

काठमाण्डु, २१ जेठ– एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले टेलिफोनबाटै गुटगत भेलालाई सम्बोधन गरेका छन् । थाइल्याण्डबाट उपचार गराएर मंगलबार मात्र स्वदेश फर्केका ओलीले महाकाली अञ्चलका आफू पक्षधर कार्यकर्ता भेलालाई बुधबार टेलिफोनमा सम्बोधन गरेका हुन् । १० मिनेट लामो सम्बोधनका क्रममा उनले नवौं...

संसदमा प्रतिपक्षीको प्रश्न, ‘मन्त्रीहरुको अहंकारबाहेक सरकारको उपस्थिति खै ?’

२०७१ जेठ २१ गते १४:२०

काठमाण्डु, २१ जेठ – एकीकृत माओवादीसहित प्रतिपक्षी दलको अवरोधका कारण बुधबार लगातार चौथोपटक व्यवस्थापिका–संसदको बैठक अवरुद्ध भएको छ । आर्थिक वर्षको समाप्ति अगाडि सरकारले अनियमित तवरले गरेको अरबौंको रकमान्तरबारे संसदीय छानबिन हुनुपर्ने, निर्वाचनमा भएको धाँधली छानबिनका लागि समिति गठन, उच्चस्तरीय राजनीतिक समिति गठन तथा...

सभाध्यक्षद्वारा प्रतिपक्षका मागमा गम्भीर हुन सरकारलाई रुलिङ

२०७१ जेठ २१ गते १४:१६

काठमाण्डु, २१ जेठ–संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुसँग सम्वाद गरी व्यवस्थापिका–संसदको अवरोध हटाउन सरकारलाई रुलिङ गरेका छन । व्यवस्थाकिपा–संसदको बुधबारको बैठक स्थगन भएको घोषणा गर्नुअघि नेम्वाङले अविलम्ब संसदको कारबाही सुचारु गराउन आवश्यक पहल गर्न सरकारको ध्यानार्षण गराएका हुन् । ‘संसदमा भइरहेको अवरोधको यो स्थिति...

प्रधानमन्त्रीलाई लिन चीनबाट विशेष जहाज आउने

२०७१ जेठ २१ गते १३:३५

काठमाण्डु, २१ जेठ– प्रधानमन्त्री सुशील कोइरालालाई लिन चीनबाट विशेष जहाज आउने भएको छ । चीनको कुनमिङमा हुने ‘साउथ एसिया एक्स्पो’ को उद्घाटन समारोहमा सहभागी हुन कोइराला बिहीबार चीन जान लागेका हुन् । एक्स्पोमा दक्षिण एसियाका सबै मुलुकमा सरकार प्रमुखलाई निम्तो पठाएको तीनले कोइरालालाई मात्र...

गुटगत राजनीतिको अन्त्यका लागि मेरो उम्मेदवारी : नेता नेपाल

२०७१ जेठ २१ गते १३:१२

काठमाण्डु, २१ जेठ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विचारभन्दा पनि गुटगत राजनीति हावी हुँदै गएको सन्दर्भमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् । नारायणी प्रेस क्लबको बुधबार अनामनगरमा उद्घाटन गर्दै नेता नेपालले एमालेमा अहिले टपर्टुय्याँको पङ्क्ति बलियो बन्दै गएकोमा असन्तुष्टि व्यक्त गरे ।...

विद्यार्थी नभएपछि दुई विद्यालय बन्द

२०७१ जेठ २१ गते १२:३८

सोलुखुम्बु, २१ जेठ – विद्यार्थी नै नभएपछि सोलुखुम्बु चौंरीखर्कको एक र नाम्चेको एक विद्यालय बन्द भएका छन् । शैक्षिकसत्र ७१/७२ मा विद्यार्थी  सङ्ख्या शून्य भएका नाम्चे गाविसको नाम्चे प्राथमिक विद्यालय र चौँरीखर्क गाविसको कर्म जनसेवा प्राथमिक विद्यालय बन्द भएका हुन् । विद्यार्थी एकजना पनि...

श्रीमतीलाई जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ

२०७१ जेठ २१ गते १२:२२

नेपालगञ्ज, जेठ २१ – श्रीमानले कुटपिट गरी मट्टीतेल छर्केर आगो लगाइन लागेकी एक युवतीलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ । बाँके परसपुर ७ परसपुर गाउँका २५ वर्षीय मनोज बाल्मिकीले मदिराले मातेको अवस्थामा आफ्नै २२ वर्षीया श्रीमती अमृता बाल्मिकीमाथि मट्टीतेल खन्याएर आगजनी गर्न खोजेका थिए...

पत्रकार महासंघद्वारा सञ्चारमन्त्री समक्ष १५ सूत्रीय माग पेश

२०७१ जेठ २१ गते ११:५०

काठमाण्डु, जेठ २१ – नेपाल पत्रकार महासंघले आफ्ना १५ सूत्रीय माग राख्दै सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट नेतृत्वको टोलीले नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल समक्ष ज्ञापनपत्र पेश गरेको हो । ज्ञापनपत्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us