एसएलसी नतिजा असार पहिलो साता

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १६:०० मा प्रकाशित

काठमाण्डु, २१ जेठ– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असार पहिलो साताभित्र गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असार पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीव्र ्ररुपमा अघि बढेको बताए ।
यस वर्षको एसएलसी परीक्षामा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ चार लाख १९ हजार ३५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ जना सहभागी थिए ।
परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले ३५ बुँदे आचारसंहितासमेत जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us