विद्यार्थी नभएपछि दुई विद्यालय बन्द

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १२:३८ मा प्रकाशित

सोलुखुम्बु, २१ जेठ – विद्यार्थी नै नभएपछि सोलुखुम्बु चौंरीखर्कको एक र नाम्चेको एक विद्यालय बन्द भएका छन् ।

शैक्षिकसत्र ७१/७२ मा विद्यार्थी  सङ्ख्या शून्य भएका नाम्चे गाविसको नाम्चे प्राथमिक विद्यालय र चौँरीखर्क गाविसको कर्म जनसेवा प्राथमिक विद्यालय बन्द भएका हुन् ।
विद्यार्थी एकजना पनि नभएपछि दुबै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले जानकारी दिएका छन् ।

स्कुलमा कार्यरत शिक्षकलाई काजमा अन्यत्र पठाउने तयारी भइरहेको र विद्यालयको भौतिक सम्पत्ति संरक्षण गर्ने जिम्मा स्थानीय संस्थालाई दिइने कार्कीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us