
चितवन, २० जेठ – चितवनको माडीमा एक बालकले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी १० वर्षका बालक सुदीप महतोले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
माडीको बघौडा–४ का स्थानीय जितेन्द्र महतोका छोरा सुदीपले आत्महत्या गरेको प्रहरीले आज जानकारी दिएको छ ।
गरिब परिवारका उनले किन आत्महत्या गरे भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएपछि माडी प्रहरीको सहायतामा गाउँमा चन्दा सङ्कलन गरेर उनको शवलाई भरतपुर अस्पताल ल्याइएको छ । शवपरीक्षण भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।