समाचार

अमेरिका एनआरएनमा जिसी

२०७१ असार ३ गते ७:१०

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएन), अमेरिका राष्ट्रिय समन्वय परिषदको नेतृत्वमा खगेन्द्र जिसी निर्वाचित भएका छन् । पेशाले वकिल रहेका जिसीले हालै सम्पन्न निर्वाचनमा एक हजार नौं सय १८ मत प्राप्त गरे । मत गणना अनुसार जिसीका निकटतम प्रतिद्धन्द्धी शिव राईले आठ सय ८...

साम्यवादीले काँग्रेसलाई घेराबन्दी गरे : पौडेल

२०७१ असार ३ गते ६:३२

चितवन, ३ असार – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले साम्यवादी र अधिनायकवादीहरुले सधैं समस्या जन्माउने र समाधान गर्न नदिने गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस भरतपुर नगरपालिका वडा नं ७, ८ र ९ ले आज कृष्णपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले...

चितवन निकुञ्जका हात्तीहरु फुकुवा

२०७१ असार ३ गते ५:०५

चितवन, ३ असार – एक करोडभन्दा बढीको लगानीमा चितवन निकुञ्जमा पालिएका हात्तीहरूलाई साङ्लो मुक्त गरिएको छ । निकुञ्जले पालेका हात्तीहरूलाई यसअघि खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिएकामा अभियान सफल भएपछि अहिले भने निश्चित क्षेत्र छुट्याएर हात्तीहरूलाई खुला छाड्न थालिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग...

चार दिनपछि भेटियो बालिकाको शव

२०७१ असार ३ गते ४:५५

दमक, ३ असार – झापा, जुरोपानीकी ११ वर्षीया एक बालिका घरबाटै हराएको चार दिनपछि मृत फेला परेकी छन् । जुरोपानी–९ का परदेशी राजवंशी र सजनावती राजवंशीकी छोरी अस्मिताको शव घरनजिकैको सिसौघारीमा फेला परेको हो । गएको शुक्रबारदेखि घरबाटै हराइरहेकी उनको शव घरदेखि करिब २...

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

२०७१ असार ३ गते ४:४६

काठमाण्डु, ३ असार –धादिङको जोगिमारामा गएको पहिरोका कारण अबरुद्ध सडक एकतर्फीरुपमा खुलेको छ । विहान ८ बजेबाट एकतर्फीरुपमा खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जोगीमारा २ को जवाङ खोलमा गएराती गएको पहिरोको कारण सडक अबरुद्ध भएको थियो । पहिरोको कारण काठमाण्डु आएका...

वीरगञ्जमा सर्पदंशका बिरामी बढे

२०७१ असार ३ गते ३:४४

काठमाण्डु, ३ असार – वीरगन्जमा सर्पदंशलगायतका अन्य बिरामीको चाप बढेको छ । अत्यधिक गर्मीका कारण विषालु सर्पहरु बाहिर आउने गरेको कारण यसको दंशबाट प्रभावित हुने बिरामीको सङ्ख्या बढेको नारायणी अस्पताल वीरगन्जले बताएको छ । अस्पतालमा अहिले सर्पदंशका पाँचजनासम्म बिरामी आउने गरेको र अन्य प्रकारका...

मन्त्रिपरिषदले गरेका निर्णय यस्ता छन्

२०७१ असार २ गते १५:४०

काठमाण्डु, २ असार– सरकारले बेपत्ता छानबिन र मेलमिलाप आयोगमा गरिने नियुक्तिका लागि सिफारिस गर्न  पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले उक्त समिति गठन गरेको हो । समितिमा सपना प्रधान मल्ल, प्रदीप पोखरेल, घनश्यामलाल दास र राष्ट्रिय...

अमेरिका उड्नुअघि प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य लाभ गरी छिट्टै फर्कन्छु’

२०७१ असार २ गते १५:०८

काठमाण्डु, २ असार– प्रधानमन्त्री सुशील कोइराला स्वास्थ उपचारका सिलसिलामा सोमबार अमेरिका गएका छन् । फोक्सोमा दाग देखिएपछि चिकित्सकको सल्लाहअनुसार कोइराला उपचारका लागि अमेरिका गएका हुन् । ७५ वर्षीय कोइरालालाई फोक्सोको क्यान्सर भएको आशंका गरिएको छ । तर प्रारम्भिक अवस्थामा भएकाले क्यान्सर नै भए पनि...

सिटौलाको मुटुमा समस्या, अस्पताल भर्ना

२०७१ असार २ गते १५:०२

काठमाण्डु, २ असार– कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । रक्तसञ्चारमा समस्या भएपछि सिटौला सोमबार बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार सिटौलाको शरीरमा डायबेटिजको मात्रा अधिक देखिएको छ भने र रक्तचाप उच्च छ...

गुटबन्दी गरेको भन्दै नेपाल र ओलीविरुद्ध खनिए झलनाथ

२०७१ असार २ गते १४:३८

काठमाण्डु, २ असार– एमाले अध्यक्ष झलनाथ खनालले नवौँ महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउन चरम गुटबन्दी भएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा खनाल वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षले नेतृत्व कब्जा गर्न चरम गुटबन्दी...

पशुपतिमा नयाँ भट्ट

२०७१ असार २ गते १३:४३

काठमाण्डु, २ असार– संसारका हिन्दूहरुका आराध्यदेवका नामले चिनिने पशुपति मन्दिरका मूल पूजारीमा गणेश भट्ट नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोषको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले सोमबार भट्टलाई मूल पूजारी तोकेका हुन् । कोषको संरक्षकका हैसियतमा सरकार प्रमुखले मूल पूजारी नियुक्त गर्ने व्यवस्था छ...

गणेश थापा भन्छन्, ‘भ्रष्टाचार प्रमाणित गर, झुण्डिन तयार छु’

२०७१ असार २ गते १३:१६

काठमाण्डु, २ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोप सही सावित गर्न चुनौती दिँदै आरोप प्रमाणित भए फाँसीमा झुण्डिन तयार रहेको बताएका छन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार पत्रकार सम्मेलन गर्दै थापाले आरोप प्रमाणित भए सजाँय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us