सिटौलाको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाण्डु टुडे २०७१ असार २ गते १५:०२ मा प्रकाशित

krishna sitaulaकाठमाण्डु, २ असार– कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
रक्तसञ्चारमा समस्या भएपछि सिटौला सोमबार बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार सिटौलाको शरीरमा डायबेटिजको मात्रा अधिक देखिएको छ भने र रक्तचाप उच्च छ । यसअघि उनी आइतबार उपचारका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका थिए । उनको मुटुमा स्टेन्ट प्रत्यारोपण गरिने उपचारमा संलग्न चिकित्सक डा. यादव भट्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us