गुटबन्दी गरेको भन्दै नेपाल र ओलीविरुद्ध खनिए झलनाथ

काठमाण्डु टुडे २०७१ असार २ गते १४:३८ मा प्रकाशित

काठमाण्डु, २ असार– एमाले अध्यक्ष झलनाथ खनालले नवौँ महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउन चरम गुटबन्दी भएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् ।

jn khanal 2
राजधानीमा सोमबार भएको एक कार्यक्रममा खनाल वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षले नेतृत्व कब्जा गर्न चरम गुटबन्दी गरेको भन्दै उनीहरुविरुद्ध खनिएका हुन् ।

विचार, सिद्धान्त र नीतिमा एक रहेको पार्टीमा अलग समूह बनाएर छलफल गर्न जरुरी नरहेको उनको भनाइ थियो । ‘एमाले विचार, सिद्धान्त र नीतिमा एक छ’, खनालले भने, ‘एकताबद्ध रहेको पार्टीमा अलग गुट बनाएर छलफल गर्नुको औचित्य र आवश्यकता छैन ।’

पार्टी कार्यकर्तामा हाम्रो नेता नभई मेरो नेता भन्ने संस्कार देखा परेको भन्दै उनले चिन्ता जनाए । ‘मेरो नेता, हाम्रो समूहको नेता, हाम्रो समूहको अध्यक्ष भन्ने होइन’, खनालले भने, ‘मेरो पार्टीको नेता, एमालेको नेता भन्ने बानी बसाल्नुपर्‍यो ।

खनालले पदका लागि मरिहत्ते नगर्न नेताहरुलाई आग्रह समेत गरे । २०५४ सालमा एमाले कमजोर हुँदा मुलुकमा राजा ज्ञानेन्द्रले निरंकुशतन्त्र थोपरेको र माओवादी उग्रवमापन्थ हाबी भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us