चितवन, ३ असार – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले साम्यवादी र अधिनायकवादीहरुले सधैं समस्या जन्माउने र समाधान गर्न नदिने गरेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस भरतपुर नगरपालिका वडा नं ७, ८ र ९ ले आज कृष्णपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सबैखाले गतिरोध उनीहरुबाटै उत्पन्न भएको बताए ।
उपसभापति पौडेलले लोकतान्त्रिक संविधान बन्ने पक्कापक्की भएको बताउँदै अबको ठूलो दायित्व काँग्रेसको काँधमा आएको बताए । संसदीय प्रणाली अङ्गिकार गर्न नदिन काँग्रेसलाई घेराबन्दी गर्नेकार्य भइरहेको भन्दै उहााले काँग्रेस आफ्नो अडानबाट कहिल्यै विचलित नहुने अठोट व्यक्त गरे ।
सभापति सुशील कोइरालाले अमेरिका जानुअघि सुकुम्बासी आयोग गठन गरेर गएको भन्दै उपसभापति पौडेलले सुकुम्बासी र किसानको समस्या काँग्रेसले जति कसैले नबुझेको बताए ।
सो अवसरमा उनले सभापति कोइरालाले जितेको चितवन क्षेत्र नं ४ मा आफ्ना उम्मेदवार रामकृष्ण घिमिरेलाई भारी मतले निर्वाचित गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार घिमिरेले आफ्नो उम्मेदवारी संविधान निर्माण र विकासका लागि भएको भन्दै मतका लागि अपिल गरे ।
सो अवसरमा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, पूर्व सांसद जगन्नाथ पौडेल, उमा रेग्मी, नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठलगायतले पहिलेभन्दा बढी मतले उपनिर्वाचनमा काँग्रेस विजयी हुने दाबी गरे ।