इलाम, ४ असार – प्राथमिक तहमा विद्यार्थी नै नभएकाले नौवटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले नजिकैको विद्यालयमा गाभिने (मर्ज गर्ने) प्रक्रिया अघि बढाएको छ । युवा प्रावि साङरुम्वा, जितोदय प्रावि गजुरमुखी, चिवे प्रावि माईमझुवा, सिंहदेवी प्रावि फुएँतप्पा, भवानी प्रावि पञ्चकन्या, कृष्ण प्रावि फिक्कल, बिक्री प्रावि...
काठमाण्डु, ४ असार – एकबर्षदेखि अवरुद्ध बाँकेको सिक्टा सिंचाई आयोजनाको काम पुनः सुरु भएको छ । मुआब्जा विवादका कारण गत वर्र्षदेखि निर्माण कार्य रोकिएको बाँकेको सिक्टा सिँचाइमा जग्गाधनीसँगको सहमतिपछि काम शुरु भएको हो । पूर्जावाल जग्गाधनीलाई यसअघि निर्धारण गरिएको मुअब्जामा २३ प्रतिशत रकम थप...
काठमाण्डु, ४ असार – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बेलायत र बोलिभिया भ्रमण मुलुकको बाह्य सम्बन्ध सुदृढ तुल्याउन फलदायी भएको बताएका छन् । बेलायतका परराष्ट्रमन्त्री विलियम हेग र बोलिभियाका राष्ट्रपतिको निमन्त्रणामा ‘जी ७७ र चीन’ ५० औँँ वार्षिकोत्सवमा भाग लिएर मन्त्री पाण्डे आज स्वदेश फर्केका हुन्...
काठमाण्डु, ४ असार – प्रधानमन्त्री सुशील कोइरालाको भोली स्वास्थ परिक्षण हुने भएको छ । कोइरालाका साथमा निजी चिकित्सक डाक्टर करबिर नाथ योगी, परिवारका सदस्य मृदुला कोइराला र सुरक्षा गार्डका रुपमा सेनानी प्रकाश देउजा रहेका छन् । न्युयोर्कको स्लोन मेमोरियल केटरिङ सेन्टरमा दुई पटक स्वास्थ्य...
सुर्खेत, ३ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ, सुर्खेतले वीरेन्द्रनगरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा–माओवादीसहित केही कम्युनिष्ट पार्टीहरुसँग कार्यगत एकता तथा सहकार्यका लागि औपचारिक रुपमै छलफल सुरु भइसकेको भन्दै यो...
चितवन, ३ असार – जिल्ला निर्वाचन कार्यालय चितवनले आगामी ८ असारमा हुने उपनिर्वाचनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तस्वीर दुरुपयोग भएको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ । चितवन–४ मा हुने उपनिर्वाचनका लागि प्रधानमन्त्रीको तस्वीर अंकित पर्चा वितरण गरेर चुनाव प्रचार–प्रसार गरिएको भन्दै निर्वाचन कार्यालयले...
काठमाण्डु, ३ असार– प्रधानसेनापति गौरवशम्शेर राणा दक्षिण छिमेकी भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारतको स्थल सेनाध्यक्ष जनरल विक्रम सिंहको निमन्त्रणामा देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा सहभागी भएर राणा मंगलबार स्वदेश फर्केका हुन्...
काठमाण्डु, ३ असार– नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेका एक प्रहरी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्रहरी प्रधान कार्यालयमा काम गर्ने प्रहरी नायब निरीक्षक तिलकराज रावतविरुद्ध मुद्धा दायर गरिएको हो ।...
नुवाकोट, ३ असार– नुवाकोटको उर्लेनीमा एक महिलाले तिम्ल्याह सन्तान जन्माएकी छन् । उर्लेनी–४ तितुङगाउँकी २१ वर्षीया मंगली तामाङले आइतबार तीन सन्तानको जन्म दिएकी हुन् । नजिकै स्वास्थ्यकेन्द्र नभएका कारण मंगलीले घरमै तीन सन्तानलाई जन्म दिएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएको...
काठमाण्डु, ३ असार– पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक डिआईजी बढुवा नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो । योस‘गै एआईजी बढुवाको ढोका खुलेको छ ।...
काठमाण्डु, ३ असार–पछिल्लो समय भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण बढ्दो छ । यो साता मात्रै भारतीय पक्षले करिव १ सय बिघा नेपाली भूमी अतिक्रमण गरेका छन् । गित देखिनै भारतले अतिक्रमण गर्दै आएको नवलपरारीको सुस्तामा फेरी भारती पक्षले नेपाली भूमी अतिक्रमण गरेका हुन ।...
काठमाण्डु, ३ असार– प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमलाई एमालेको आसन्न नवौं महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग नगर्न निर्देशन दिएका छन् । स्वास्थ्योपचारका लागि अमेरिका जानुअघि एमाले उपाध्यक्षसमेत रहेका गौतमलाई आइतबार सरकारी निवास बालुवाटार बोलाएर उनले त्यस्तो दिर्नेशन दिएका हुन् । श्रोतका अनुसार...