प्रहरीकै प्रमाणपत्र नक्कली

काठमाण्डु टुडे २०७१ असार ३ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ३ असार– नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेका एक प्रहरी अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्रहरी प्रधान कार्यालयमा काम गर्ने प्रहरी नायब निरीक्षक तिलकराज रावतविरुद्ध मुद्धा दायर गरिएको हो ।

रावतले पेस गरेको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले उनलाई हदैसम्मको सजायको माग दाबी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us