सुशीलले बामदेवलाई भने, ‘एमाले महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग नहोस्’

काठमाण्डु टुडे २०७१ असार ३ गते १२:५० मा प्रकाशित

काठमाण्डु, ३ असार– प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमलाई एमालेको आसन्न नवौं महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग नगर्न sushil-bamdev 2निर्देशन दिएका छन् ।
स्वास्थ्योपचारका लागि अमेरिका जानुअघि एमाले उपाध्यक्षसमेत रहेका गौतमलाई आइतबार सरकारी निवास बालुवाटार बोलाएर उनले त्यस्तो दिर्नेशन दिएका हुन् । श्रोतका अनुसार कोइरालाले पार्टी महाधिवेशनमा राज्य शक्ति दुरुपयोग भएको पाइए कारबाही गर्नेसम्मको चेतावनी दिएका छन् ।

‘पार्टीको महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग नगर्नुहोला’, कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि त्यस्तो भएको पाइए कारबाही हुन्छ ।’ नवौं महाधिवेशनबाट पुन: उपाध्यक्षमा दोहोर्‍याउने तयारीमा रहेका गौतम संसदीय दलका नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन कस्सिएर लागेका छन् ।

त्यसअघि अध्यक्षका अर्का प्रत्यासी माधव नेपालले प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी एमाले महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने भन्दै रोक्न आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us