काठमाण्डु, ४ असार– प्रमुख राजनीतिक दलले शासकीय स्वरुपबारे पूरानै अडान दोहोर्याएका छन् । तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लेखित सहमति र असहमतिका विषयको निक्र्याैलसम्बन्धी प्रतिवेदनमाथिको छलफलमा उनीहरुले पूर्वअडान दोहोर्याएका हुन् । बुधबारको बैठकमा भाग लिने अधिकांश सभासद्ले आफ्नो दलले प्रस्तुत गरेको अवधारणाको...
भक्तपुर, ४ असार– एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नवौं महाधिवेशनबाट माधव नेपाल कुनै हालतमा अध्यक्ष बन्न नसक्ने दाबी गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको कार्यक्रममा उनले पार्टी नेतृत्व अब केपी ओलीले मात्र गर्न सक्ने बताए । पार्टीमा नेतृत्व हस्तान्तरणको आवश्यकता...
खोटाङ, ४ असार– बालिका बलात्कारको अभियोगमा खोटाङ जिल्ला अदालतले एक युवालाई १० वर्षको कैद सजाय सुनाएको छ । १० वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका राखावाङदेल–४ का २६ वर्षीय जापान राईलाई जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद...
काठमाण्डु, ४ असार– अख्यिार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनभित्र बन्द रहेको पर्यटन बोर्ड खुलाउन सम्वद्ध पक्षलाई निर्देशन दिएको छ । आयोगले तीन दिनभित्र बोर्डको नियमित कार्य सुचारु नगरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र बोर्डका पदाअधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।...
काठमाण्डु, ०४ असार – राष्ट्रिय मुक्त हलिया समाज महासंघले सारेको ११ बुँदे माग सरकारले आगामी १५ दिनभित्र कार्यान्वयन नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले हलियाहरुको तथ्यांक संकलन तथा परिचयपत्र पाएका मुक्त हलियाको वर्गिकरण, पूर्नस्थापनाको लागि हलिया श्रम निषेधको लागि बनेको ऐन...
काभ्रे, ४ असार – काभ्रेपलाञ्चोक जिल्लामा यहाँका दुई गाउँ विकास समिति पूर्णरुपमा साक्षर भएका छन् । शैक्षिक सर्वेक्षणबाट जिल्लाको बल्थली र जैसीथोक गाविस पूर्ण साक्षर भएको जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । हामी अब साक्षर भएका गाविसलाई घोषणा गर्ने तयारीमा छौँ र साक्षर...
नवलपरासी, ४ असार – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनमा दस्तावेज एउटै भए पनि नेतृत्वमा विचार र प्रवृत्तिको लडाइँ भएको बताएका छन् । हाल पार्टीभित्र देखिएको नेतृत्वको हातमा पार्टी पुग्दा महल झै ठडिएको एमाले तासको घरमा परिणत हुने भएकाले कार्यकर्तालाई गतिशील र ऊर्जावान नेतृत्व...
काठमाण्डु, ४ असार – संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बुधबारको बैठकमा न्यायप्रणालीको बारेमा टुङगोमा पुग्न सकेका छैनन् । शासकीय स्वरुप र सङ्घीय ढाँचा निर्धारण भएपछि मात्रै न्यायप्रणालीका बारेमा टुङ्गोमा पुग्न सकिने सुझाव अधिकांश सदस्यले दिएका छन् । प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा न्यायालयका सम्बन्धमा दलहरुबीच मतैक्यता...
विराटनगर, ४ असार – ट्रकको ठक्करबाट बुधबार एक छात्राको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्टाफ नर्सको तयारी कक्षा लिन साइकलमा महेन्द्र चोकतर्फ गइरहेको अवस्थामा विराटनगर–५ जामुनगाछी बस्ने वर्ष १७ की सुजिता दाहाललाई सोही दिशातर्फ गइरहेको को१ख १२६५ नम्बरको ट्रकले विराटनगर–३...
काठमाण्डु, ४ असार – सामुदायिक वन उपभोक्ता महासङ्घले सरकारले अधिकार सम्पन्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरेकोमा आपत्ति जनाएको छ । चुरे संरक्षणका लागि चुरेका वन सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गर्नुको सट्टा वन ऐनविपरीत मन्त्रिपरिषद्द्वारा पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा...
गौशाला, ४ असार – अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल जलेश्वरमा एकै रातमा ४२ जना बेहोस भएका बिरामी उपचारका लागि ल्याएका छन् । दिनदिनै बढ्दै गएको गर्मी गएराति असहनीय रुप लिएपछि जिल्लाका विभिन्न गाउँबाट जिल्ला अस्पताल जलेश्वरमा महिला तथा पुरुष गरी ४२ जना उपचारका लागि...
काठमाण्डु, ४ असार –एमाले महाधिवेशन नजिकिँदै गर्दा सोमबार पार्टी मुख्यालय बल्खुमा भिन्नेखालको दृश्य देखियो । धेरैजसो समय माधव नेपालको उछितो काढ्नमा समय खर्चने ओली गुटका नेता(कार्यकर्ता सोमबार भने आफू(आफूवीच कुटाकुट गर्न र भोट जोगाउन चुपचाप त्यो दृश्य हेर्नमा व्यस्त थिए । एमाले मुख्यालयलाई विगत...