समाचार

अध्यक्ष बन्न तयार छु: खनाल

२०७१ असार ३ गते १२:२८

काठमाण्डु, ३ असार– एमाले अध्यक्ष झलनाथ खनालले पार्टीको आसन्न नवौं महाधिवेशनबाट आफू पनि अध्यक्ष पदको दाबेदार रहेको बताएका छन् । महाधिवेशन मुल व्यवस्थापन समतिले मुख्यालय बल्खुमा मंगलबार गरेको नियमित पत्रकार भेटघाटमा उनले आफूमा अध्यक्ष बन्ने उत्कट चाहना रहेको बताए । महाधिवेशनले सर्वसम्मत नेतृत्व चुन्ने...

दुर्घटनामा एकको मृत्यु

२०७१ असार ३ गते ११:५४

सप्तरी, असार ३ गते– मंगलबार मध्याह्न भारदह–१ स्थित कोशी नदी पुल छेउ राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना.३ ख ७९८७ नम्वरको ट्रकले को.४ प ४६३० नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा चालक ईलाम जिल्ला बौद्ध–८ बस्ने ३५ बर्षीय अशोक राईको घटनास्थलमै मृत्यु...

महिला प्रहरीलाई यौन सम्पर्कको प्रस्ताव राख्ने वैद्य माओवादीका दुई नेता पक्राउ

२०७१ असार ३ गते ११:५२

काठमाण्डु, ३ असार– महिला प्रहरीलाई यौन सम्पर्कको प्रस्ताव राख्ने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट पुर्कोट–३ का ३० वर्षीय सुदिप परियार र बाँके वनकटुवा–९ का ३० वर्षीय सिर्जन बीसी छन् । परिवार र बीसी दुवै नेकपा–माओवादी...

असोजसम्ममा विदेशमा बस्ने कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री पण्डित

२०७१ असार ३ गते ११:२५

 विराटनगर, ३ असार – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी असोजसम्म विदेशमा स्थायी रुपमा बस्ने (पिआर) एवम् डिभी चिट्ठाबाट अमेरिकामा बस्दै आएका निजामती कर्मचारीलाई कारबाही गरिने बताएका छन् । नेकपा (एमाले) पार्टी कार्यालय पाञ्चाली विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले ऐन आएलगत्तै सूचना...

शिलान्यास भएको केहि दिनमा नै विद्युतीय रेलमार्ग निर्माण अवरुद्ध

२०७१ असार ३ गते १०:३९

जनकपुरधाम, ३ असार – मेची–महाकाली विद्युतीय रेलमार्गको शिलान्यास भएको दुईदिनपछि नै अवरोध आएको छ । जग्गाको मुआब्जाको माग राख्दै अवरोध पु¥याएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले असार १ गते यस रेलमार्गको सिमरा–बर्दिवासखण्डको शिलान्यास गरेका थिए । जग्गाको उचित मुआब्जाको माग...

बिरामी ओलीले पार्टी चलाउन सक्दैनन्: पन्त

२०७१ असार ३ गते १०:३७

काठमाण्डु, ३ असार– एमाले नेता रघुजी पन्तले अस्वस्थ अवस्थाका केपी ओलीले पार्टीको नेतृत्व गर्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल निकट पन्तले अस्वस्थताका कारण  ओली अध्यक्ष बन्न नसक्ने भन्दै स्वस्थ भएपछि प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु पर्ने...

सरकारी रेडियोले नै पत्रकारको श्रम शोषण गरेको खुलासा

२०७१ असार ३ गते १०:०४

काठमाण्डु, ३ असार– नेपाल पत्रकार महासंघले काठमाण्डु महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ मेगाहर्जमा कार्यरत २२ जना श्रमजीवी पत्रकारलाई १२ वर्षदेखि करारमा काम गराउँदै आएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव उजरी मगरद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा श्रमजिवी पत्रकार ऐन लागू भएको दुई दशक...

आपराधिक गतिविधि नियन्त्रणमा सिसिटिभी

२०७१ असार ३ गते ९:०५

परासी, ३ असार – नवलपरासीमा सवारी दुर्घटना न्यून गर्ने तथा  आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय गैँडाकोटले सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ । प्रहरी कार्यालयको सक्रियतामा हाल तीन वटा सिसिटिभी सञ्चालमा ल्याएको छ । नारायणी नदी पुलमा तीन वटा र प्रहरी...

नेपाली नागरिकता बनाउने भारतीय नागरिक पक्राउ

२०७१ असार ३ गते ८:५५

वीरगन्ज , ३ असार – झुठो विवरण पेस गरी नागरिकता लिएको मुद्दामा फरार एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत विहार पश्चिम चम्पारण जिल्ला, शिकारपुर थाना निवासी सुलेमान मियाँका छोरा मन्सुर खाँलाई प्रहरीले गएराति पक्राउ गरेको हो । वीरगन्ज–३ छपकैया बस्ने...

शासकीय स्वरुपबारे दलहरु पूरानै अडानमा

२०७१ असार ३ गते ८:५४

काठमाण्डु, ३ असार– संविधानसभाको मंगलबारको बैठकमा तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथि एकीकृत रुपमा छलफल भयो । छलफलमा दलहरुले आफ्नै पूरानै अडान दोहोर्‍याएका छन् । तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनको सहमति र असहमति निक्र्योलसम्बन्धी प्रतिवेदनमाथिको छलफलमा काँग्रेस सभासद्हरुले संसदीय व्यवस्थाको विकल्प...

व्यापारी दम्पत्ती हत्याकाण्डमा संलग्न दुई पक्राउ

२०७१ असार ३ गते ८:४२

सप्तरी, ३ असार– सप्तरीको हनुमाननगरमा व्यापारी दम्पत्तीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पुर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले हत्यामा संलग्न सुनसरी हरिपुर ७ बस्ने २४ बर्षीय कैजुम मिया र श्रीपुर जब्दी ८ बस्ने ३५ वर्षीय...

एमालेका मन्त्रीले जनताका लागि काम गरेनन्: नेपाल

२०७१ असार ३ गते ८:०४

मकवानपुर, ३ असार– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुले जनताका लागि नभई गुटका लागि काम गरिरहेको आरोप लगाएका छन् । प्रेस चौतारी मकवानपुरले मंगलबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा सहभागी भएकाहरु पार्टीको नभई गुटका आधारमा चलेकाले उनीहरु सरकारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us