एमालेका मन्त्रीले जनताका लागि काम गरेनन्: नेपाल

काठमाण्डु टुडे २०७१ असार ३ गते ८:०४ मा प्रकाशित

मकवानपुर, ३ असार– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुले जनताका लागि नभई गुटका लागि काम गरिरहेको madhav kumar nepalआरोप लगाएका छन् ।
प्रेस चौतारी मकवानपुरले मंगलबार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा सहभागी भएकाहरु पार्टीको नभई गुटका आधारमा चलेकाले उनीहरु सरकारमा धेरै दिन नटिक्ने चेतावनी दिए ।

नेता नेपालले आफू अहिले चुप लागेर बसिरहेको भन्दै गुटका आधारमा चल्ने मन्त्री अब धेरै दिन नटिक्ने दाबी गरे । आफ्नो नाम बेचेर मस्ती गर्नेहरु अहिले आफूविरुद्ध लागेको भन्दै नेता नेपालले ढुलमुलेहरुको दिन सकिन लागेको बताए ।

‘एमालेबाट सरकारमा मन्त्री भएकाहरुले जनताका लागि होइन, गुटका लागि काम गरेका छन्’, नेपालले भने, ‘उनीहरु धेरै दिन टिक्न सक्दैनन् ।’
एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सामेल छ । गौतम नवौं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्ष बनाउने अभियानमा छन् ।

नेता नेपालले आफू पार्टीको महासचिव नभई अध्यक्षको उम्मेदवार हुन लागेको बताए । एउटै व्यक्ति लामो समय पार्टीको नेतृत्वमा बसेको भन्ने केपी ओली पक्षको आरोपको खण्डन गर्दै नेपालले आफू एमालेको अध्यक्ष कहिल्यै नबनेको बताए ।

युवा पुस्ताका लागि भने आफू त्याग गर्न तयार रहेको नेपालको भनाइ थियो । एमालेमा हप्ता असुल्नेहरुलाई संरक्षण दिन नहुने भन्दै नेपालले अबको महाधिवेशनपछि पार्टीले आर्थिक क्रान्ति र उत्पादनमुखी कार्यकर्ता निर्माण गर्ने बताए । नारायणी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल हेटौाडा पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us