आपराधिक गतिविधि नियन्त्रणमा सिसिटिभी

काठमाण्डु टुडे २०७१ असार ३ गते ९:०५ मा प्रकाशित

परासी, ३ असार – नवलपरासीमा सवारी दुर्घटना न्यून गर्ने तथा  आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय गैँडाकोटले सिसिटिभी जडान गरी सञ्चालनमा ल्याएको छ ।

प्रहरी कार्यालयको सक्रियतामा हाल तीन वटा सिसिटिभी सञ्चालमा ल्याएको छ ।

नारायणी नदी पुलमा तीन वटा र प्रहरी कार्यालयअगाडि एउटा सिसिटिभी राखिएको प्रहरीले जानकारी दिएको छ ।

सिसिटिभीबाट चौबिसैघण्टा निरीक्षण गर्ने र आवश्यक परे अन्य सिसिटिभी थप गर्न पनि सकिने स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us