दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०७१ असार ३ गते ११:५४ मा प्रकाशित

सप्तरी, असार ३ गते– मंगलबार मध्याह्न भारदह–१ स्थित कोशी नदी पुल छेउ राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ना.३ ख ७९८७ नम्वरको ट्रकले को.४ प ४६३० नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा चालक ईलाम जिल्ला बौद्ध–८ बस्ने ३५ बर्षीय अशोक राईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार्रे चालकको ३० बर्षीया बहिनी लक्ष्मी राई भने गम्भीर घाइते भएकी छिन् ।

उनलाई उपचारको लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा अस्पतालमा लगिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us