जथाभावी नेतृत्व छानेर एमालेलाई तासको घर नबनाउनोस् : नेता नेपाल

काठमाण्डु टुडे २०७१ असार ४ गते ९:१६ मा प्रकाशित

नवलपरासी, ४ असार – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनमा दस्तावेज एउटै भए पनि नेतृत्वमा विचार र प्रवृत्तिको लडाइँ भएको बताएका छन् ।

madhav kumar nepalहाल पार्टीभित्र देखिएको नेतृत्वको हातमा पार्टी पुग्दा महल झै ठडिएको एमाले तासको घरमा परिणत हुने भएकाले कार्यकर्तालाई गतिशील र ऊर्जावान नेतृत्व छान्न आग्रह गरे ।

नवलपरासीको कावासोतीमा आफ्ना पक्षका कार्यकर्ताको भेलामा बुधबार नेता नेपालले भने– “विचार गौँड रहँदा दुई नेताको व्यक्तित्वको टकराव छ त्यो दुईबीचको प्रवृत्तिविरुद्धको टक्कर हो ।”

अर्का नेता केपी ओलीप्रति लक्षित गर्दै उनले भने– “व्यक्तिगत स्वार्थका लागि पार्टी कब्जा गर्ने विधि अपनाउने लोकतान्त्रिकरणको नाममा पार्टीको क्रान्तिकारी धार समाप्त पार्ने यस्तो विचार र प्रवृत्तिले जनताको निम्ति काम गर्दैन केवल गुटका लागि मात्र हो ।” धम्कीको प्रयोग, पदको प्रलोभन दिने काम बन्द गर्नुपर्छ ।

उनले भने – “नेतृत्वमा विचारमा स्पष्टता, कार्यकर्ताको संरक्षण गर्ने, गतिशील बन्ने, कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्ने बेला आएको छ त्यस्तो नेतृत्व दिन तयार छु ।” नवौँ महाधिवेशनमा हिँड्दा ओली पक्षले आफ्ना कार्यक्रममा कार्यकर्ता आउन रोक लगाएकोमा उनले रोष प्रकट गरे ।

नेतृत्व हस्तान्तरण भनेको आलोपालो हुन नसक्ने बताउँदै उनले भने– “प्रतिस्पर्धा गर्ने नीति अवलम्बन गरेपछि खुट्टा कमाएर हुँदैन मैदानका लागि तयार हुनुपर्छ ।”

भेलामा अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमार झाँक्रीले सामाजिक आर्थिक परिवर्तनका मुद्दालाई लिएर हिँड्न नसक्ने नेतृत्वले एमाले चलाउन नसक्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us